२४ घण्टामा थप ४९६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ।

हाल देशभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ३ सय ७८ पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ।