सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थायी कमिटी सदस्यहरुलाई पठाएको स्पष्टीकरण पत्रलाई लिएर राजधानीको मनमैजुमा सात घण्टादेखि छलफल गरिरहेका छन्।
छलफलमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार बुधबार बिहान ११ बजेदेखि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा उनीहरु छलफल गरिरहेका हुन्।
प्रधानमन्त्री ओलीले एमालेका महासचिव ईश्वर पोखरेलमार्फत नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए। स्पष्टीकरणको समय बुधबारदेखि सकिँदैछ।