सिन्धुलीमा दाहाल प्रतिष्ठानको जिल्ला अधिवेशन तथा बागमतीको प्रदेशको दोस्रो बार्षिक साधारणसभा हुँदै


दाहाल प्रतिष्ठान सिन्धुली शाखा समितिको प्रथम अधिवेशन तथा वागमती प्रदेश समितिको दोस्रो वार्षिक साधारणसभा आज सिन्धुलीमाढीमा हुँदैछ । सिन्धुली जिल्लाको तीनपाटन, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाबाट अधिवेशनमा २ सय ५० जनाको सहभागिता रहने आयोजक दिनेश दाहालले जानकारी दिए । सिन्धुलीको पहिलो अधिवेशनले नयाँ पदाधिकारी पनि चयन गर्ने बुझिएको छ ।