
कोरोना संक्रमित भएर शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी प्रसिद्धि श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
पूर्ण रुपमा स्वस्थ भएपछि शनिबार कोरोना संक्रमित श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको हो। डिस्चार्ज भएसँगै प्रसिद्धि घर फर्केकी छन्। उनी २७ दिनसम्म अस्पतालमा रहेकी थिइन्।