सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ ।

नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन भएका तरकारी तथा फलफुल बन्द गरे लगत्तै किसानहरुले उत्पादन गरेका तरकारीको बिबरण संकलनगर्दै त्यसलाई बजारसम्म ल्याउने प्रबन्ध मिलाउन लागेको हो ।

कृषि शाखाका अनुसार बन्दाबन्दी लम्बिंदै जाने अबस्था देखिएपछि नगरपालिकाले किसानहरुला हरियो साग सव्जी उत्पादन गर्न लगाइरहेको र अहिले बजारमा आएको साग सव्जीले सदरमुकामको अभावलाई केही हदसम्म पुर्ति गरिरहेको छ । शाखा प्रमुख देवी सापकोटा भन्छन्ः अन्य जिल्लामा किसानहरुले आफ्नो उत्पादन बिक्री नभएर कुहिएको बिबरण बाहिर आएपनि कमलामाई नगरपालिकामा त्यस्तो कुनै पनि समस्या छैन । हामीले बन्दबन्दीको समयमा पनि नगरपालिकाकै गाडीले किसानको खेत वारीबाट उनीहरुको उत्पादन बजारसम्म ल्याइदिने गरेको र कसको कति उत्पादन बजारमा लैजानु पर्ने छ, त्यसको पनि वडामा रहेका कृषि प्राविधिक मार्फत विवरण संकलन गरिरहेको उनले बताए ।

नगरपालिकाले कृषि उपज बजारमा चिस्यान केन्द्र सञ्चालनमा ल्याएकाले पनि बजारमा नबिकेका तरकारीहरु स्टोर गरेर भोलिपल्ट पनि बेच्न सकिने र त्यसका लागि उनीहरुलाई छुट्टै सटरको व्यवस्था गरिएको सापकोटाको भनाई थियो । तरकारी बजारमा किसान आफैंले पनि बेच्न सक्नेछन् ।
त्यस्तै बिहान ६ बजेदेखी ९ बजेसम्म खुल्ने सिन्धुलीको खाद्यान्न तथा तरकारी बजारमा बिहान ५ बजेनैं डोको र वोरामा तरकारीका भारी बोकेर आइपुग्ने गरेको तरकारी व्यवसायी राकेश साहले बताए । किसानले उत्पादन गरेका हरिया सागहरु विगतको भन्दा केही महंगो भएको र केही दिनपछि लोकल उत्पादनले तरकारी अभाव सहजहुने उनको भनाई थियो ।
काँक्रो, भिन्डी, करेला, गाँजर, मोटरकोसा, टमाटर, सुकेको प्याज, लसुन लगायतका कृषिजन्य बस्तु भारतबाट आउने गरेमा अहिले सिन्धुलीमा ती तरकारीको अभाव रहेको देखिएको छ । बजारमा लसुन र प्याजको अभाव देखिएपछि किसानहरुले हरियो लसुन प्याज बजारमा लैजान थालेका छन् ।
यसैबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नगरक्षेत्रका अगुवा किसानहरुलाई तरकारी उत्पादन बढाउन आग्रह गर्नुकासाथै बजारीकरणका लागि आफुले सहयोग गर्ने बताउनु भएको छ । नगरप्रमुख खत्रीका अनुसार अब कुनै पनि किसानले आफ्नो कृषि उत्पादनले बजार पाएन भन्ने अबस्था आउन नगरपालिकाले दिने छैन । (कमलामाई फिचर सेवा)
कमलामाई नगरपालिका, सिन्धुली – Kamalamai Municipality Sindhuli
आदरणीय नगर बासी कृषक दाजुभाइ तथा दिदीहरु मा अनुरोध के तपाई को खेतबारी मा तरकारी तथा फलफुल बिक्रि नभई चिन्तित हुनुभाको छ ? तपाईंहरु को सेवा मा कमलामाइ नगरपालिका हरपल तयार रहेको कुरा अबगत गराउन चाहन्छौ । तपाई को कृषिजन्य बस्तुहरु कुहिन नदिन तपाई को वडामा कृषि प्राबिधिक आउनु भएको छ । त्यसैले के कति परिमाण छ सो को बिवरण दिनुहुन को लागि हार्दिक अनुरोध छ र त्यसको ब्यबस्थापन कमलामाइ नगरपालिका ले गर्ने कुराको जानकारी गराइन्छ ।171Babindralal Majhi, Dev Sapkota and 169 others14 Comments15 SharesPradesh Khabar DainikLikeCommentShare