माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार फेरि बस्ने गरि सकिएको छ।
सोमबार बिहान ११ बजे बैठक फेरि सुरु हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आइतबारको बैठकमा विभिन्न इन्चार्जहरुले रिपोर्टिङ गरेको र सोमबार केन्द्रीय सदस्यहरुले बोल्ने श्रेष्ठले बताएका छन्।
यसैगरी बैठकले आफ्नो पार्टीबाट मन्त्री रहेका सबै जनालाई फिर्ता बोलाउने निर्णय पनि अनुमोदन गरेको छ।