माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तनको एजेण्डा पेस

?????????????????????????????????????????????????????????

नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् । गरिएको छ । उद्यपी सो निर्णयलाई तत्कालै कार्यान्वयन तहमा नलगिने थाहा भएको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जकोतर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाहीको, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिष्ट पार्टीबीच एकतासम्मका एजेण्डा पेस भएको र छलफल जारी रहेको बताइएको छ ।

पार्टी अनुशासनको एजेण्डा अन्तर्गत एमालेमा रहने निर्णय गरेका माओवादी नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका नेताले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो 

शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रकातर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो ।

बैठकको अर्को एजेण्डा पार्टीको नाम परिवर्तन रहेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिए लगत्तै माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको थियो । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा छलफलसमेत भएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।