जुनारको जिल्लाका रुपमा चिनिएका किसान तथा विक्रेताहरु जुनारको भण्डारण गर्न नसकिएकोमा चिन्तित मात्रै छैनन्, भुईमा राखिएका जुनारहरु कुहिन थालेपछि व्यवसायमैं समस्या सिर्जना भएको बताउन थालेकाछन् ।
सिन्धुलीमा विगत ३० वर्षदेखी जुनारको बेचविखनगर्दै आएका सानुभाई थापाले बेचविखनका लागि राखेको जुनार कुहिन थालेपछि आफु चिन्नित भएको बताएका हुन् । मिठो फल जुनार भनेर ३० वर्ष अगाडिदेखी त्यसको बेचविखन गरेपनि अहिलेसम्म त्यसको भण्डारणकै समस्या भइरहेको उनले दुखेसो गरे । जुनार किसानलाई उत्पादनमा सहयोग गरेपनि त्यसको भण्डारणगरी निरन्तर रुपमा बजारमा पठाउने अबस्थाको सिर्जना हुन नसक्दा जुनार क्षेत्रमा गरिएको सरकारको अर्वों लगानी बालुवामा पानी भनेझैं भएको छ । उत्पादन त बढ्यो, तर किसानको बगैंचामा फलेका जुनाहरुलाई भण्डारण गरेर बेमौषममा बजारमा पठाउनका लागि कसैले पनि ध्यान दिएनन्, जुनार विकास संघका अध्यक्ष कर्णवहादुर आलेले बताए ।

उनले भनेः जुनार किसानहरुलाई सहयोग गर्न भनेर सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (जुनार सुपरजोन) कार्यक्रम सञ्चालन गरेपनि भण्डारणका विषयमा केही पनि काम गर्न नसक्दा घरमा राखिएका जुनाहरु कुहिन थालेपछि किसानहरु चिन्तित भएको जनाए ।
जुनारका नाममा अर्बौं रुपैयाँ लगानी भयो, तर बास्तबिक किसानहरुका लागि केही पनि हुन नसकेको जुनार विकास संघका पूर्व अध्यक्ष तिलकवहादुर थापाले प्रदेशखवरसँग भने । उनले अगाडि भने, जुनार सुपरजोनका कार्यक्रम वास्तबिक किसानको दैलोमा पुग्नै सकेन । केही टाठावाठा र बिचौलीयाहरुको चंगुलमा परियोजना कार्यालय चल्दा थप समस्याहरु सिर्जना भएको उनले आरोप लगाए ।
जुनारको जिल्लाका रुपमा सबैले सिन्धुलीलाई चिन्ने गरेपनि रोगकिरा पनि नियन्त्रणमा नआएको र एउटा गाउँमा केही कमि भयो भन्दैमा समग्र जुनार क्षेत्रबाट रोगकिरा नियन्त्रण भयो भनेर गलत प्रचारवाजी गरिएको जुनार किसानसमेत रहेका थापाको भनाई थियो ।

सिन्धुलीका जुनार किसानले फागुनको १५ बाट टिपेका जुनाहरु अहिले भण्डारको समस्याका कारणले कुहिन थालेको पाइएको छ । मंसिर पुसमा पँहेलपुर भएर पोकका जुनारहरु बढी मूल्य पाउने आशामा किसानहरुले फागुनसम्म वोटमा राखेका थिए । अहिले मुल्य त बढ्यो, तर त्यसलाई बजारसम्म लैजान समस्या भयो, नाकाजोलीका जुनार किसान दिनेश कोइरालले बताए ।
बजारमा मुल्य त बढी छ, तर त्यसलाई बिक्रीका लागि पठाउँदा बिक्रेताले एकै पटक लिन नमान्ने र त्यसलाई भुईमा लडाएर राख्दा कुहिने समस्या बढेको उनको अनुभवछ ।
