कमलामाईले १ सय ११औं अन्र्तरास्ट्रिय महिला दिवश भव्य रुपमा मनाउँदै

कमलामाई नगरपालिकाले १ सय ११औं अन्र्तरास्ट्रिय महिला दिवश भव्यताका साथ मनाउने भएको छ । १४ वटै वडामा वडा स्तरिय कार्यक्रम गर्ने उसले जनाएको छ । नगरपालिकाको १४ वटै वडामा रहेका विपन्न, एक, श्रमिक र केही व्यवसाय गर्न ईच्छा भएका वा गरिरहेका महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । नगरप्रमुख मञ्जु देवकोटाका अनुसार महिला दिवशकै अबसरमा जेष्ठ नागरिकहरुलाई स्याहार कर्तालाई प्रोसाहन स्वरूप सम्मान गर्ने र श्रमिकहरूका विभिन्न समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम गरिने छ । त्यस्तै भोली वेलुकी साझ ५ वजे महिला मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने महिलाहरुको संम्झनामा दिप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको उपप्रमुख देवकोटाले प्रदेशखबर डटकमलाई जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा भोली समन्वय समितिले दिएको जानकारी अनुसार भोली विहान ११ बजे लोकतान्त्रिक चोकमा जम्मा र्यालीसहित सिताराम पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको आयोजना गरिनेछ ।