सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास कार्यक्रमको तयारी पुरा , प्रधानमन्त्री ओली शिलान्यासगर्न सिन्धुली आउँदै

सिन्धुली जिल्लामा सञ्चालन हुन गई रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभर्सनको भोली बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच शिलान्यास गर्नु हुनेभएको छ । सुनकोशी–मरिण ड्राइभर्सनका प्रमुख शुशील आचार्यले दिनुभएको जानकारी अनुसार भोली हुने कार्यक्रमको व्यवस्थापकीय तयारी पुरा भएको हो । सुनकोशी मरिण डाईभर्सनको आयोजनामा कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा आयोजनाको शिलान्यास गर्ने स्थल छनोटगर्दै मञ्च व्यवस्थापन र आवश्यक सुरक्षा प्रवन्ध मिलाउने कामसमेत भएको आयोजना प्रमुख आचार्यले उल्लेख गर्नुभयो । सन्देश जनप्रिय साप्ताहिकसँग कुराकानीगर्दै आचार्यले सम्माननीय प्रधानमन्त्री आउने आर्यक्रम भएकाले पनि हेलिप्याड, मञ्च निर्माण भइसकेको र सुरक्षा व्यवस्थाका विषयमा आयोजना अत्यन्त सम्बेदनशिल छ र त्यसका निम्ती प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयोः शिलान्यास कार्यक्रमलाई सफल बनाउनका लागि आयोजनाले कुनै कसर बाँकी राखेको छैन ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल
अधिकारी दनुवारले पार्टी अध्यक्ष एवम् प्रधानन्त्रीले राष्ट्रिय गौरवको आयोजना को शिलान्यस गर्ने कार्यक्रममा जिल्लाका सम्पूर्ण जनसमुदायलाई उपस्थित हुन अपील गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सो अपील गर्नभएको हो ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवम् अध्यक्ष प्रदीप कटुवालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने कार्यक्रममा जिल्लाका सम्पूर्ण नेता कार्यकर्तालाई सहभागी हुन अपील गर्नुभएको छ ।
मंगलवार राती जनप्रियसँग कुराकानीगर्दै अध्यक्ष कटुवालले सिन्धुली जिल्लाको गौरवको योजनाका रुपमा रहेको सुनकोशी–मरिण ड्राइभर्सनको बिहिवार विहान साढे ११ बजे प्रधानन्त्रीदे आयोजनाको शिलान्यास गर्नु हुने भएकाले पार्टी कार्यकर्ता नेता तथा आयोजना प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदायलाई उपस्थित हुन अपील गर्नुभएको हो ।

May be an image of 1 person


भोलीका कार्यक्रमलाई भव्य बनाउनका लागि नेकपा सिन्धुलीले सघाएको छ । नेता कटुवालले अहिले राजनैतिक संकटमा अबस्थामा प्रधानमन्त्री ओली सिन्धुलीको गौरवको योजना शिलान्यास गर्न आउने कार्यक्रम भव्य हुने जानकारी दिनुभयो । यस अघि नेकपा निकट प्रेस संगठन सिन्धुलीले आयोजना
गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कटुवालले अहिलेको विषम परिस्थितिमा भएका राजनीतिक
परिघटना र सम्भावित राजनैतिक यात्राका विषयमा समेत प्रधानमन्त्री ओलीले चर्चा गर्ने खुलासा गरे ।
यस्तै शिलान्यास कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्री टोप बहादुर रायमाझी समेत सहभागि हुने कार्यक्रम रहेको कटुवालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । जिल्ला अध्यक्ष बुद्धकुमार आच्छामीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सुनकोसी मरिण ड्राइभर्सन मध्यतराईमा सिंचाई गर्ने र २८ मेघावाट विद्युत उत्पादन हुने जानकारी दिइएको थियो । सुनकोशी नदीको पानी मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण सुरु गरिएको छ । उक्त आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिरहेको छ ।

No description available.
May be an image of text