अमेरिकी गुप्तचर निकाय सिआइएको एक रिपोर्टले साउदी अरबका युवराज सलमान बिन मोहम्मदले नै निर्वासनमा रहेका साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको मञ्जुरी दिएको उल्लेख गरेको छ।
बाइेडन प्रशासनले शुक्रबार जारी गरेको उक्त रिपोर्टमा साउदी युवराजले उनको हत्याको योजनालाई सहमति दिएकाे उल्लेख छ।
अमेरिकाले पहिलो पटक खाशोग्गीको हत्याका लागि साउदी अरबका युवराजको नाम लिएको हो। तर युवराज सलमानले यो आरोप अस्वीकार गर्दै आएका छन्।

अमेरिकीको उक्त रिपोर्टमा भनिएको छ, ‘हाम्रो ठहर छ कि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इस्तानबूलमा एक अप्रेशनको मन्जुरी दिएका थिए जसको उदेश्य पत्रकार जमाल खाशोग्गीलाई पक्राउ गर्ने या मारिदिने थियो।’
पत्रकार खाशोग्गीको अक्टुबर २०१८ मा टर्कीको साउदी वाण्ज्यि दूतावासभित्र हत्या गरिएको थियो र मृत शरीरलाई क्षतविक्षत गरिएको थियो।
साउदी युवराजले यस घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्। खाशोग्गीलाई साउदी शाशकको आलोचक मानिन्थ्यो।
बाइडेनले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ शिराबाट हेर्न चाहेकाे बताएका छन्। राष्ट्रपति ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए।-डेली मेलले समाचार लेखेको छ ।










