माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ ओली क्याम्पमा गएका थिए ।
पछि उनी नेकपा नेपाल-दाहाल समूहमै प्रवेश गरेका थिए । तामा ङले संसद पूनःस्थापना हुने सम्भावना नभएको भन्दै बरु शासकीय स्वरुप नै परिवर्तनको माग गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित शासन प्रणाली लागु गर्नुपर्ने धारणा राखेका छन् ।
ओली सरकारमा सहभागी एक मन्त्रीका अनुसार मुलुक चुनावमा होमिएकोले अब दाहाल नेपाल समूहका धेरै प्रभावशाली नेताहरु आफूहरुको क्याम्पमा प्रवेश गर्ने लहर चल्नेछ । पछिल्लो समय दुवै पक्षमा नेताहरु तानाताना भएको अवस्था छ ।
