लाखाैँ रकमसहित १७ जना जुवाडे पक्राउ

ललितपुरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट झण्डै ३१ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरुमा ४३ वर्षीय रामबहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लव कुमार बस्नेत, ४३ वर्षका राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षका हिटलर श्रेष्ठ रहेका छन्।

यस्तै २८ वर्षीय अनिल महर्जन, ३६ वर्षीय श्रीकृष्ण खड्का, ४२ वर्षीय तुलसी राम महर्जन, ४६ वर्षीय सानु कान्छा महर्जन, ४५ वर्षीय पूर्ण श्रेष्ठ पनि पक्राउ परेका छन्।

अन्य पक्राउ पर्नेमा ४८ वर्षीय विनोद प्रसाद घिमिरे, ४० वर्षीय पूर्ण मान माली, ५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जन रहेका छन्।

उनीहरुको साथबाट नगर ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित १९ वटा तास बुक, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र तास खेल्दा प्रयोग गर्ने सिमीको दाना १५० थान बरामद गरिएको प्रहरीले जनाएको छ।