कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको आफुले जानकारी पाएको प्रसंग उल्लेखगर्दै र खानेपानी लगायतका सबै समस्याहरु समाधान गर्न कमलामाई नगरपालिकालाई जिम्मा दिन आग्रह गरे ।
नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न तीन क्लस्टरमा विभाजन गरिएको प्रसंग उल्लेखगर्दै नगरप्रमुख खत्रीले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए । कार्यक्रममा पूर्व सांसद हरिवोल गुजेरल, प्रदेश सांसदहरु राजन दाहाल, विनोद खड्कालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
