अमेरिकी राष्ट्रपति बाइडेनको जलवायु परिवर्तन प्राथमिकतामा , जारी गरे कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि शृङ्खलावद्ध रुपमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।

सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने उद्देश्यसहितका नीतिहरु आदेशमा छन् ।

उर्जा कम्पनीहरुले बाइडेनको नयाँ आदेशको कठोर प्रतिवाद गर्ने सम्भावना छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौति गरेर उर्जा उत्पादनलाई बढावा दिएका थिए ।

बाइडेनले बुधबार भने, ‘ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो । हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन ।’

जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नु पर्ने बाइडेनले बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनलेको भनाई छ ।

अमेरिका एक्लैले मात्रै पनि संकटहरु समाधानका लागि काम गर्न नसक्ने बताए ।