निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्थ कडा पारिएको हो।
यसैबीच सो कार्यक्रमलाई असफलपार्नका लागि पाँचसय राउण्ड गोली र गनसहित आएका अलेन बेलरलाई चेकजाँचका क्रममा पक्राउ गरेको छ । यो पक्राउसँगै सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएकाछन् ।

जनवरी ६ मा बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए।
सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो। आक्रमणअघिको सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका थिए।
ट्रम्पले नतिजा उल्ट्याउनका लागि आफ्ना समर्थकलाई उक्साएका कारण त्यसले हिंसाको रुप लिएको र प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको भन्दै सो घटनाको निन्दा भएको छ।

हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा राष्ट्रपति ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ।











