प्रधानमन्त्री ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न दिए चुनौती

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । फोटोः प्रधानन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्। 

शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपाअध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।’

उनले भने, ‘न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’

उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने काम भएको बताए।

उनले भने, ‘एउटा पत्रिका जो झूट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ। आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ। लाज पनि लाग्न पर्छ। लोकतान्त्रिक संस्थाहरूमाथिको हमला।’

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधि सभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्।