पत्रकार आचार्यको निधन

पत्रकार तथा लेखक जनार्दन आचार्यको निधन भएको छ। ८१ वर्षीय आचार्यको बुधबार बिहान काठमाडौँस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आचार्य लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित थिए। उनले लामो समय साप्ताहिक पत्रिकामा स्तम्भकार, सम्पादकको भूमिका खेलेका थिए। साप्ताहिक मञ्चका संस्थापक सदस्य तथा साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपालीपत्र साप्ताहिकका सम्पादकको रुपमा उनले काम गरेका थिए।

यसका साथै पत्रकार आचार्य ‘समय-समय’ स्तम्भका चर्चित स्तम्भ‍कार थिए। धरान निवासी आचार्य वामपन्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेका थिए भने पञ्चायत हुँदै नेकपा माओवादीको नजिक पनि भएका थिए।

पत्रकार आचार्यका श्रीमती र तीन छोरा छन्।