अमेरिकी संसद भवनमा हतियारधारी आक्रमण,राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोग

हारेको चुनावी नतिजा आफ्नो पक्षमा पार्न हरेक उपायको सहारा लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी पनि राष्ट्रपति बनाउने उदेश्यका साथ संसद भवनलाई हतियारधारी समूहले नियन्त्रणमा लिएको प्रयाशले अमेरिकी साम्राज्यवादीहरुले बोल्दै आएको कथित प्रजातन्त्र, मानवअधिकार र निश्पक्ष निर्वाचन जस्ता विषयको खिल्ली उडाएको छ । हतियारधारी समूहको संसद भवन घेराउ र राजधानी वासिङ्गटन डिसीमा भड्किएको हिंसापछि कथित अमेरिकी प्रजातन्त्र र उसले विश्व समुदायमाथि गर्दैआएको दादागरी एउटा झुटको पुलिन्दा सावित भएको छ ।

अमेरिका

ट्रम्पको उक्साहटमा भिजिल्यान्ते हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गरेका हुन् । उनीहरुले झण्डै तीन घण्टा संसद भवनमा नियन्त्रण तथा तोडफोड गरेपछि त्यसको अमेरिकाभर विरोध भएको छ ।

ट्रम्पले आफु पराजित भएपछि चुनावमा धाँधलीको भएको आरोप लगाउँदै त्यसकै कारण हिंसा भएको देखिएको छ ।

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली लागेर एक महिलाको मृत्यु भयो । अमेरिकी इतिहासमा बुधबारको दिन विश्वसामु ‘लाज’ को कारण बनेको भन्दै ट्रम्पको आलोचना भएको छ ।राष्ट्रपटिका पूर्व उम्मेदवार ९रिपब्लिकन० तथा सिनेटर मिट रोमिनीले राष्ट्रपति ट्रम्पका कारण हिंसा भड्किएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट जे भयो त्यो बिद्रोही गतिविधि रहेको भन्दै गम्भीर निन्दा र आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले संसद भवनमा भएको आक्रमण बिद्रोही गतिविधि रहेको भन्दै गम्भीर आलोचना गरेका छन् ।

संसद भवनमा सन् १८१४ पछि भएको यो अहिलेसम्मकै खराब आक्रमण रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । त्यो बेला बेलायती आर्मीले भवन जलाएका थिए ।
हतियारधारी ट्रम्प समर्थक बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने सदनको गतिविधिमा अवरोध गरि नतिजा उल्ट्याउन चाहन्थे ।

हिंसात्मक गतिविधि र त्यसमा ट्रम्पले प्रदान गरेको उक्साहटका कारण उपराष्ट्रपति माइक पेन्समाथि दबाब बढेको छ । उनले मन्त्रीपरिषदको निर्णयबाट ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउनु पर्ने आवाज उढेको छ ।

ट्रम्प र उनका समर्थकबाट भएको गतिविधिले अमेरिकी प्रजातन्त्रमाथि गम्भीर आक्रमण गरेको भन्दै तीव्र आलोचना भइरहेको छ ।