हिन्दु राजसंस्थाको मागगर्दै विराटनगरमा राजावादीको प्रदर्शन

हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ।  एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्। 

सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्‍याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको समूहले संघीयता खारेजीको मागसमेत गरेको थियो। 

‘पूर्वाञ्चलवासी नेपाली जनता’ को नाममा र्‍याली आयोजित थियो।