जिल्लामा सार्वजनिक पदमा आसिन व्यक्तिहरुनैं मानवअधिकार उलंघनकर्ताको संरक्षक भइरहेको डरलाग्दो तथ्य बाहिर आएको छ । माननीय, राजनैनिक दलका नेता तथा उच्च पदस्थ सरकारी अधिकारीको संरक्षणमा गंभीर मानवअधिकार उलंघनमा सजाय पाउनु पर्ने व्यक्तिहरु खुलेआम हिंडीरहेको र उनीहरुलाई उच्चपदस्थले संरक्षण गरिरहेको सिन्धुलीमा आयोजिकत एक समिक्षा कार्यक्रममा उठेपछि त्यसले सार्वजनिक बहस प्रारंभ भएको छ ।
सार्वजनिक पदमा बसेका व्यक्तिहरुको र दवाव, पिडक पक्षको प्रभाव र अआर्थिक प्रलोभनका कारण प्रहरी, प्रशासन, न्यायीक निकाय, अस्पताललाई समेत काम गर्न कठिनाई उत्पन्न भएको निश्कर्ष जिकनलिएको छ । फौजदारी अभियोजनमा दवाव, प्रभाव र प्रलोभनले पीडित पक्षले न्याय पाउन नसकेको, बलात्कृतहरु लाई आर्थिक प्रलोभनमा उल्टो बयान दिन लगाइएको र पिडितहरु न्यायको पहुँचबाट टाढा रहेको सिन्धुलीको मानवअधिकार अबस्थाले चित्रण
गरेको छ ।अधिकारवादी संस्था इन्सेक सिन्धुलीले आयोजना गरेको वर्ष पुस्तक समिक्षा कार्यक्रममा बोल्दै सहभागिहरुले बालविवाहका घटनाहरु जिल्लामा अत्यधिक रहेको, घटनामा प्रहरीको असहयोग र राजनैतिक दलका नेताको दबाबले एफआइआर दर्ता र अभियोजन कार्यमा चुनौती देखिएको बताएका थिए । उनीहरुले जिल्लामा जीवनरक्षाको सवाल अत्यन्त चुनौपूर्ण बन्दै गएको विषय मानवअिधकार प्रतिवेदनमा सामेल हुनुपर्ने बताएका थिए । मानवअधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरुको पूर्व वार्षिक समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विमला पाण्डेले एक वर्षको अवधिमा भएका मानवअधिकार उलंघनका घटनामा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेपछि सरोकारवाला निकायले आक्रोस पोखेका थिए । निर्दोषलाई जेल सजाय तोक्ने र दोषीलाई उन्मुक्ति दिने न्यायालयको फैसला माथि पनि केही सहभागिले प्रश्न उठाएका थिए । सिन्धुलीमा ११५ वटा मानवअधिकार उलंघनका घटना भएको देखिएका छन् । राज्य भन्दा गैह्र राज्य पक्षबाट हुने घटनाको संख्या बढ्दो रहेको जनाइएको छ । यौनजन्य दुव्र्यवहार, बलात्कार र वोक्सीजस्ता घटनामा उभियुक्तलाई उन्मुक्ति दिइएको थियो । एक वर्षमा विभिन्न घटनामा २८ बालिका, ३ शिशु र ८१ जना महिला पीडित भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । इन्सेकले सन् २०२० भित्र सिन्धुलीमा घरेलु हिंसा ५२, बलत्कार ३०, बाल यौन दुरुपयोग २, बलत्कार प्रयास २, बोक्सीको आरोप ४, अपहरण तथा शरीर बन्धक २, परिवारजनबाट हत्या २, बहुविवाह १४, बालविवाह २ वटा घटना भएको जनाएको छ ।










