पाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी बिभाजन गरेको भन्दै पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको समुहमा नलाग्ने घोषणा गर्नुभएको छ । नेकपाका दोस्रो बरियताका अध्यक्ष प्रचण्डले पार्टी बिभाजन गरी छुट्टै समुह गठन गरेपछि भेटन खुमलटार पुग्नुभएका उपाध्यक्ष गौतमले ‘म तपाईंको पक्षमा लाग्दिनँ, म अझैपनि पार्टी एकताकै पक्षमा छु’ भन्दै आफ्नो निर्णय सुनाउनु भएको हो ।
प्रचण्डले शनिबार बिहानै खुमलटारमा बोलाएपछि उपाध्यक्ष गौतम भेटन जानुभएको थियो । सो क्रममा प्रचण्डले आफूहरुको समुहमा र आफ्नो पक्षमा लाग्न आग्रह गरेपछि उपाध्यक्ष वामदेवले यस्तो निर्णय सुनाउनु भएको हो । ‘म तपाईहरु (प्रचण्ड–माधव नेपाल) पक्षमा लाग्दिनँ, अरू पक्षमा पनि जाँदिन म सिर्फ पार्टी एकताको पक्षमा छु,’ प्रचण्डसँग गौतमको भनाई थियो । प्रतिनिधि सभा विघटनपछि फुटेर गएको प्रचण्ड–माधव समुहले उपाध्यक्ष गौतमलाई पटक–पटक आफ्नो पक्षमा लाग्न आग्रह गर्दै आएको छ । तर गौतमले अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै आउनुभएको छ ।
आज पनि गौतमलाई प्रचण्डले आफ्नो पक्षमा लाग्न बिशेष अनुरोग गर्नुभएको थियो । तर उपाध्यक्ष गौतमले ठाडै अस्वीकार गर्नुभएको हो । स्रोतका अनुसार प्रचण्डले उचित पद दिने भन्दै आफ्नो पक्षमा लाग्न प्रस्ताव गर्नुभएको थियो । ‘प्रचण्डजीले आफ्नो समूहमा आउन आग्रह गर्नुभयो, तर मैले कुनै समूहमा लाग्दिन, म अझैपनि पार्टी एकताकै पक्षमा छु भनेर प्रष्ट बटमलाइन सुनाएको छु,’ भेटबारे आफू निकट नेताहरुसँग ब्रिफिङ गर्दै गौतमलले भन्नुभएको छ ।
आजको छलफलमा प्रचण्डले बिघटित प्रतिनिधिसभा पुर्नस्थापना भए सरकारमा र नभए पार्टीमा उचित जिम्मेवारी दिने प्रस्ताव पनि गौतमसँग राख्नुभएको थियो । तर वामदेवले अस्वीकार गर्नुभएको छ । प्रचण्डसँगको भेटमा गौतमले आफू प्रतिनिधि सभा विघटनको विपक्षमा र पार्टी एकताको पक्षमा रहेको प्रष्ट पार्नुभएको छ । ‘म प्रतिनिधिसभा बिघटनको बिपक्षमा र पार्टी एकताको पक्षमा छु, तपाईहरुसँग छैन,’ गौतमको भनाई थियो ।











