नेकपाको बिभाजन: आइतवार एकै स्थानमा दुबै पक्षले कार्यक्रम राखेपछि झडपको संभावना, स्थानीय त्रसित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले जिल्ला जिल्लामासमेत बिभाजनको रेखा कोरिदिएको छ । कम्युनिष्टहरुको उद्गम स्थलका रुपमा चिनिएको सिन्धुलीमा पुस १२ गते केपी ओली नेतृत्वको नेकपाले ९ वटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेको छ । नेकपा नगरकमिटी कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जिल्ला पार्टी कार्यालयमा विहान १० बजे भेलाको आयोजनागर्दै सामाजिक सञ्जाल मार्फत सुचना जारी गरे ।

No description available.

त्यसैगरी शुक्रवार राती करिव ९ बजे नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले आइतवार बिहान ११ बजे जिल्ला स्तरिय भेला पार्टी कार्यालयमा राखिएकाले सबैलाई उपस्थित हुन सामाजिक सञ्जाल मार्फत एक सुचनाजारी गरे । दाहाल नेपाल समूहका सिन्धुलीका नेता दाहाल र ओली पक्षीय नेता कटुवालले अलग अलग सुचनाजारी गर्दै एकै स्थानमा कार्यक्रम राखेपछि दुबै पक्षबीच झडपको आशंका गरिएको छ ।

No description available.


कवोेही दिन अगाडि नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेत उपस्थित भएका बेला ओली पक्षीय युवा विद्यार्थीले पार्टी कार्यालयमा राखिएको साइन वोर्ड फालेर कब्जामा लिएको घोषणा गरेका थिए । उनीहरुले पार्टी कार्यालयको जग्गा र बनाउने काम तत्कालिन ओली नेतृत्वको नेकपा एमालेले बनाएकाले आफुहरुको पूर्व अधिकार रहेको बताउँदै युवा विद्यार्थीहरुले तालासमेत लगाएका थिए ।
एक घण्टा अघिपछि गरेर दुवै समूहले एकै स्थानमा कार्यक्रमको आयोजना गरेपछि सिन्धुली बजारमा आइतवार झडप हुने त्रास बढेको सदरमुकाम बासीले बताउन थालेका छन् ।

No description available.