नेकपाको जहाज दुर्घटना !

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच दलबीचको एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य समाप्त भएको छ । दुई दलबीच २०७५ जेठ ३ मा समाजवादको लक्ष्य सहित एकता भएको थियो । तर, एकता प्रक्रियाका केही कामहरु पुरा नहुँदै यो दुर्घटनामा परेको छ । अब विभाजनको औपचारिकतामात्रै बाँकी छ ।
पार्टीभित्रको अन्तरविरोधमा लगातार दबाब र सबै ठाउँमा अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि सोही सिफारिसमा आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ चुनावका लागि मिति तोकेकी थिइन् ।

नेकपा सचिवालयभित्र ओली किन बने रक्षात्मक ?


प्रधानमन्त्री ओलीको कदमले नेकपाको जम्बो जेट दुर्घटनामा परेको छ भने अब यसको औपचारिकता मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसद् विघटन गर्ने गरी चालेको कदमपछि अर्को समूहले लिएको निर्णयले पार्टी विभाजनका लागि मार्ग खोलिदिएको छ ।
नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लगेर कारबाही गर्नेछ । त्यसका लागि केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि बोलाइएको छ। केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको हठका कारणले पनि नेकपाको जहाज दुघंटनामा परेको राजीनामा नदिएका मन्त्रीहरुको निश्कर्ष छ ।

नेकपाको अन्तरिम विधानको धारा ५६ को कमा विभिन्न काम गरेमा अनुशासनको कारबाही गर्ने व्यवस्था छ । अन्तरिम विधानको धारा ५६ को ख मा अनुशासनात्मक कारबाही र कारबाहीको प्रक्रियाबारे उल्लेख छ । यसमा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाहीको व्यवस्था पनि छ । प्रधानमन्त्री ओलीले स्वेच्छाचारी प्रतिनिधिसभाको विघटन र अर्का अध्यक्ष प्रचण्ड र ओलीको हठले नेपाली जनताले कठोर बलिदानी संघर्षबाट स्थापित जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधिसभामाथि निर्मम प्रहार भएको हो । पार्टी स्थायी कमिटीको बैठक जारी रहेको र संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा दुई पाइलटले पार्टीको ऐतिहासिक एकता, पार्टीमाथि जनताले गरेको भरोसामाथि प्रहार गर्दै देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानलाई असफल पार्ने काम भएको हो ।

विगतमा पटक पटक पार्टी निर्णय अस्वीकार गर्दै आएका ओलीले आफू र आफ्नो पक्ष सहभागी नभएको बहुमतले लिएको निर्णयलाई चुनौती दिने स्पष्ट छ । यस्तोमा नेकपाका बरिष्ठ नेताको किनबेचदेखी पार्टी एकताका क्रममा भएका कानूनी कमजोरीलाई आधार बनाएर दुई पार्टी व्यूँताउनेसम्मका विकल्प खोजिने नेताहरुलेनै बताउन थालेका छन् ।

नेकपामा पनि मिश्रित धुव्रीकरण भएको छ । दाहाल–नेपाल एकातिर र पूर्वमाओवादीतर्फका केही नेतासहित ओली समूह बनेको छ । पूर्वमाओवादी समूह तर्फका नेकपा सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले ओलीलाई साथ दिएको देखिन्छ ।विगतमा पटक पटक पार्टी निर्णय अस्वीकार गर्दै आएका ओलीले आफू र आफ्नो पक्ष सहभागी नभएको बहुमतले लिएको निर्णयलाई चुनौती दिने स्पष्ट छ । यस्तोमा नेकपा विभाजनबाहेक अर्को विकल्प नरहेको नेताहरुलेनै बताउन थालेका छन् ।
नेकपामा पनि मिश्रित धुव्रीकरण भएको छ । दाहाल–नेपाल एकातिर र पूर्वमाओवादीतर्फका केही नेतासहित ओली समूह बनेको छ । पूर्वमाओवादी समूह तर्फका नेकपा सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले ओलीलाई साथ दिएको देखिन्छ ।

प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले भने राजीनामा दिएका छैनन् । यसले पनि के देखाउँदछ भने सत्ताको रापताप र प्रचण्डबाट आजित भएका पूर्व माओवादी पक्षका नेता कार्यकर्ताहरु विभाजनको अबस्थामा प्रचण्डकै पक्षमा उभिने देखिंदैन ।