सुन्धुलीका सांसद हरिवोल र गणेशको अविश्वास प्रस्तावमा हस्ताक्षर

सत्तारुढ नेकपाका सांसद हरिवोल गजुरेल र गणेशकुमार पहाडीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बिबरण बाहिर आएको छ ।
यस अघि मध्यमार्गी घारको नेतृत्व गरेका स्थायी समिति सदस्य एवम् नेकपा सिन्धुलीका नेता हरिवोर गजुरेलले अविश्वास प्रस्तावको १८ नम्बरमा हस्ताक्षर गरेकाछन् । त्यसैगरी केन्द्रीय सदस्य एवम् संघीय सांसद पहाडीले ५८ नम्बरमा हस्ताक्षर गरेकाछन् । गत साता काठमाडौको पेरिसडाँडामा आयोजित प्रचण्ड नेपाल समूहको भेलामा सहभागी नभएका गजुरेल र पहाडीले अविश्वास प्रस्तावमा सही गरेको देखिएपछि उनीहरुको भूमिका माथि प्रश्न उठेको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ९० जना सांसदले प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको पाइएको छ।

यद्यपि संसद भंग भइसकेको अवस्थामा अविश्वास प्रस्तावबारे के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।