संसद विघटन विरुद्ध सिन्धुलीमा युवा विद्यार्थीको प्रर्दशन


प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा विद्यार्थीहरुले सिन्धुली सदरमुकाममा विरोध प्रदर्शन गरेकाछन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै युवा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सिन्धुलीको युवा विद्यार्थीको प्रर्दशनमा माधव नेपाल संवद्ध केही युवा विद्यार्थीको सहभागिता रहेको थियो । अधिकांश पूर्व माओवादी संवद्ध युवाहरु संलग्न थिए ।संसद विघन विरुद्ध युवा विद्यार्थीले प्रदर्शन गर्ने भन्दै बोलावट थालिएपछि साविक एमाले संवद्ध विद्यार्थी अध्यक्ष एवम् युवाका सह संयोजकले उपस्थित नहुन सामाजिक सञ्जाल मार्फत अपील गरेका थिए । आजको कार्यक्रममा करिव चार दर्जन युवा विद्यार्थीको उपस्थिति थियो ।