ओलीको ५३ बुँदे जवाफ: प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै ओलीद्धारा सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको ३८ पृष्ठ लामो जवाफ प्रस्तुत गरेको बिबरण बाहिर आएको छ । प्रदेशखवरलाई प्राप्त जवाफमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपहरुको कडा रुपमा प्रतिवाद गरेका छन् ।

अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा विभिन्न विषय उल्लेखगर्दे ५३ बुँदामा समेटिएको देखिएको छ।

ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज गरेका छन् । प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै उनले त्यसलाई सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव गरेका छन् ।

उनले अघि भनेका छन्, पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं ।’ विचार, संगठन, आचारण र आर्दशमा कुनै विचलन आउन नदिने र सबैलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

अध्यक्ष ओलीले महाधिवेशजबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाउन समते उनले नेताहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्दि्त बनौं । विचार, विधि, संगठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसबाट खोजौं ।’