कोरोना संक्रमण बढेपछि भारतको दिल्लीमा मास्क प्रयोग अनिवार्य, नलगाए दुई हजार जरिवाना

भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्।

मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उनले बताए।

Arvind Kejriwal announces more relaxations in restrictions in Delhi - The  Hindu BusinessLine

यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो। तर मानिसहरुले बेवास्ता गर्न थालेपछि जरिवाना शुल्न बढाइएको दिल्ली सरकारले जनाएको छ।

दिल्लीमा अहिले कोभिड १९ महामारीको दोस्रो लहर फैलिँदै गएको छ।

केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।