फ्लोरिडा प्रहरीले यौन व्यापार तथा ओसार पसारमा संलग्न भएको आभियोगमा पहिलो पटक ठूलो सफलता हाँसिल गरेको छ । २ वर्ष लगाएर गरेको अनुसन्धानपछि फ्लोरिडाको प्रहरी विभागले झण्डै २ सयको संख्यामा यौन व्यवसाय एवम् महिला ओसारपसार कार्यमा संलग्न भएको अभियोगमा उच्च पदस्य अधिकारी, विद्यालय तथा कलेजका प्रिन्सिपल, होस्टलमा बस्ने छात्राहरु र शिक्षिकाहरुसमेत पक्राउ परेका छन् । अप्रेशन स्टोलेन अनाउन्स नाम दिइएको उक्त अनुसन्धानका क्रममा केही नेपाली महिला पनि पक्राउ परेको सञ्चारमाध्यमले जनाएका छन् । यो अप्रेशन सन २०१८ को नोभेम्बर महिनाबाट प्रारंभ गरिएको थियो । यस क्रममा प्रहरीले विभिन्न चर्चका पादरी र पास्टरहरुलाई वालिकाहरुमाथि यौनजन्य क्रियाकलापमा संलग्नभएको अभियागमा पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।













