अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाध्यो, न्यूयोर्कका विद्यालयहरु आजबाट बन्द

अमेरिकामा पछिल्लो समय कोरोना संक्रमणबाट भएको मृत्यु । फोटोः अलजजिरा डटकम

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या एक करोड १४ लाख ९८ हजार भन्दा धेरै पुगेको छ ।

पछिल्ला हप्ताहरुमा अमेरिकामा पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । दैनिक विगतको भन्दा धेरै संक्रमित थपिने क्रम जारी छ ।

More than 250,000 Americans have now died of COVID-19, including 1,700 on Tuesday, as the daily death toll creeps up - but remains well below the horrific spring peak
ग्राफिक्सः डेलीमेल युके

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अति महत्वपूर्ण समयमा गलत दिशामा गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि गएको गर्मी याममा अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभर कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या पाँच करोड ६१ लाख ८ हजार भन्दा धेरै छ ।

डा. फाउचीले अमेरिकामा अहिले देखिएको तीव्र गतिको संक्रमणका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको देशमा थप मानिसको कोभिड–१९ बाट ज्यान जाने जोखिम रहेको चेतावनी दिएका छन् ।

उनले सर्वसाधारणलाई सावधानीका उपायहरुमा विगतमा भन्दा थप चनाखो हुन अपिल गर्दै आएका छन् । उनले मास्क लगाउन, भौतिक दूरी कायम गर्न तथा भिडभाड युक्त क्षेत्रमा नजान सबैसँग आग्रह गरेका छन् ।

Why New York's public schools remain open as coronavirus outbreak deepens
न्यूयोर्क राज्यमा आजबाट सबै विद्यालयहरु बन्द गरिएका छन् । फोटोः अलजजिरा