काठमाडौं: पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।
परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।
ती परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको बताइएको छ । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।
प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।
पाटन अस्पतालले तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको छ।