सत्तारुढ नेकपा सचिवालय बैठक आज बस्दै, वामदेव गौतमलाई मनाउने प्रयाश

नेकपाको सचिवालय बैठक, वालुवाटार, फाइल फोटो

लामो समयको रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ।

आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।

bamdev-kp-oli (1).. – BUSINESS PATI | Economical Online News Portal

आफूबाट अलग्गिएर असन्तुष्ट समूहसँग मिसिन गएका वामदेव गौतमलाई सांसद र मन्त्रीमा कायमै रहने ‘अन्तरिम रोक’ खारेज गरेको भोलिपल्ट ओली बैठक राख्न सहमत भएका थिए।

ओलीले यो बीचमा गौतमलाई सरकारमा सामेल हुनका लागि आग्रह गरिसकेका छन्।

त्यसैले शुक्रबारको सचिवालय बैठक बहसको केन्द्रमा परेको छ। ओलीले बैठक भन्दा केहीबेर अघिसम्म गौतमलाई सरकारमा सामेल गराउन मनाउने प्रयास राख्ने बुझिएको छ।

गौतमले नमानेको खण्डमा अन्तिम समयमा आएर बैठक नै स्थगित गर्ने कि भन्नेमा पनि बालुवाटारमा छलफल भएको स्रोत बताउँछ। केहीगरी बैठक बसेमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने असन्तुष्ट समूहले चाल चल्ने बुझिएको छ।

असन्तुष्ट समूहको नेतृत्व गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष गौतमले गत शनिबार ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठकमा सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएका थिए।