पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भएका बेला व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विषयान्तर गरियोः गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बामदेव गौतमले आफुप्रति सद्भाव र शुभेच्छा प्रकटगर्ने सबैमा अभार प्रकट गरेकाछन् । नेता गौतमले पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको बताएकाछन् ।
नेता गौतमले फेसबुकमा आफ्नो कुरा यसरी लेखेका छन्ः

Bamdev Gautam

10 mins  · 

~सबैप्रति आभार~राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।

वामदेव गौतम उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)