सिन्धुली: कमलामाई नगरपालिका वडा नंं ७ का वडाध्यक्ष कर्ण घिसिंङले आफ्नो वडा भित्रका कुनै पनि स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्न नदिने बताएका छन् ।
किर्तिक १६ गते कोरोना संक्रमणबाट मृत्यु भएकी धुराबजारकी ८४ वर्षीया विष्णु मायाँ बिकको शबलाई स्थानीय प्रशासन र केही माननीयहरुले निर्णय भएको स्थानमा नलगी आफुखुशी ७ नम्बर वडाको बुका खोला किनारमा खाल्डो खनेर गाडेपछि वडाध्यक्ष घिसिंङले आपत्ती जनाएका हुन् ।

मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै अध्यक्ष घिसिंङले भनेः जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले कोरोना संक्रमणबाट मृत्यु भएका नागरिकहरुको शब व्यवस्थापनका लागि भीमानको कार्की खोलामा स्थान तोकिएको र त्यसको जिम्मा नेपाली सेनाले लिएको अबस्थामा वडा समितिको सहमति बिनैं आफुखुशी शव गाड्ने कार्य गर्नु खेदजनक छ । उनले भनेकाछन्ः स्थानीय बासिन्दाहरु ७ नम्वर वडामा कोरोना संक्रमितको शब गाड्ने कार्य रोक्न भन्दै दबाब दिइरहेको बताउँदै जनताको इच्छा बिपरित हुने कार्य नगर्न नगराउन सरोकारवाला सबैमा अपील अपील गर्दछु । जिल्ला दैविप्रकोप व्यवस्थापन समिति, सुरक्षा निकायले पूर्व निर्धारित कमलामाई १० को कार्की खोलामा नलगी ७ नम्वर वडा क्षेत्रमा शव गाड्नु पूर्व स्थानीय निकायसँग कुनै पनि किसिमको समन्वय र सहमति नलिएको थाहा भएको छ ।