नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा क्रियाशिल सदस्यहरुको संख्याको बिवाद समाधान भएको छ । संगठन विभागले साविक नेकपा एमाले र माओवादी केन्द्रका क्रियाशिल सदस्यहरुको संख्या टुंगो लगाएपछि एकिकृत नेकपा सिन्धुलीको क्रियाशिल सदस्यहरुको संख्या २७ हजार ४० पुगेको छ । दशैं अगाडि बसेको नेकपा सिन्धुली जिल्ला सचिवालय बैठकले दुवै तर्फका सदस्यहरुको संख्या र नाम टुंग्याउने जिम्मा संगठन विभागलाई दिएको थियो ।
संगठन विभाग प्रमुख सूर्य पाख्रिन र उपप्रमुख गणेश रत्नले केही दिन अगाडि एमाले र माओवादी केन्द्रले बेग्ला बेग्लै रुपमा बुझाएका पार्टी सदस्यहरुको नामावली वाग्मती प्रदेश कमिटी र केन्द्रीय कार्यालयमा पठाएपछि सोही संख्या र नामावलीलाई पार्टी केन्द्रले पारित गर्नेभएको छ । त्यसरी पार्टी केन्द्रमा साविक एमालेको तर्फबाट १५११७ र माओवादी केन्द्रका तर्फबाट ११९२३ सहित जम्मा सदस्य संख्या २७ हजार ४० पुगेको हो ।