सिद्धेश्वर खानेपानी उपाभोक्ता समितिले कमलामाई नगरपालिका ६ शिवनगरमा सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा निःशुल्क खानेपानीको धारा जडान गरिदिएको छ । बढ्दो कोरोना संक्रमण र संभावित बिरामीहरुको चापलाई ध्यानदिंदै सो उपचार केन्द्रमा २४ सैै घण्टा पानी आउनेगरी निःशुल्क धारा जडान गरिदिएको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले निर्माणाधिन कोरोना अस्पतालका लागि थप सहयोग पुगोस भनेर २५ हजार रुपैयाँ नगद सहयोगसमेत गरेको बताउनुभयो ।