नक्सलवादीसँग सम्बन्ध भएको आरोपमा आजिवन कारावास भोग्ने प्रोफेसर साइबाबाद्वारा भोक हडतालको घोषणा

नक्सलवादीहरूसँग सम्बन्ध राखेको आरोपमा नागपुर जेलमा आजिवन कारावासको सजाय भोगिरहेका दिल्ली युनिभर्सिटीका प्रोफेसर जिएन साइबाबाले २१ अक्टोबरदेखि भोक हडताल गर्ने घोषणा गरेका छन ।

सरकारले एक महिनादेखि लुगा, औषधि र पुस्तक उपलब्ध नगराएकाले भोक हडताल गर्ने निर्णय गरेको साइबाबाले जनाएका छन । द हिन्दुले जनाए अनुसार साइबाबाकी पत्नी एएस वसन्ताकुमारीले पुस्तक ,औषधि र कपडा सरकारले उपलब्ध नगराएको हो ।

साइबाबा सन् २०१४देखि जेलमा रहेका छन । जेलमा कैदी बन्दीलाई उपलब्ध हुने सबै मानवअधिकारबाट वञ्चित गरिएको छ । पत्नीलाई फोनमा कुरो गर्न सम्म नदिएको हो ।

बसन्ता कुमारीले महाराष्ट्रका अतिरिक्त महानिर्देशक जेल विभाग सुनिल रामानन्द र नागपुरका जेल अधिकारी अनुप कुमार कुमरेलाई साइबाबाले भोगिरहेको यस्ता समस्याबारे पत्र लेखेर जानकारी गराइसकेकी छिन ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित साइबाबालाई हरेक दिन तीन औषधि आवश्यक हुने र त्यो पनि नदिने गरिएको छ । साइबाबाका वकिल आकाश सरोदेले औषधि लुगा र पुस्तकलगायतका वस्तु पठाइएपनि जेल प्रशासनले त्यो सामान बिना कारण लिन इन्कार गरेको जनाए ।

द हिन्दुको समाचारमा साइबाबा २१ अक्टोबरदेखि भोक हडतालमा बस्ने भएको पुष्टि गरिएको छ ।

सन् २०१७को मार्च महिनामा महाराष्ट्रको गढचिरोली जिल्लाको एक अदालतले एक पत्रकार, जेएनयुका एक छात्रसहित साइबाबा र अन्य चारलाई नक्सलवादीसँग सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरेको थियो ।

क्यान्सरबाट पीडित आमासँग भेटन पाउने आग्रह सहितको जमाता निवेदन आमाको निधन हुन चार दिन अघि खारिज गरिएको थियो ।