नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारमा कोरोना संक्रमण देखिएको छ । संविधानसभा सदस्यसमेत रहेका नेकपा सिन्धुलीका नेता अधिकारीलाई आज कोरोना संक्रमण पुष्टि भएको थाहा लागेको छ । नेता अधिकारीले केही समय अगाडि प्रदेशखबरसँगको कुराकानीमा आफुमा कोरोना संक्रमण पुष्टि भएपनि कुनै पनि किसिमको लक्ष्यणहरु नदेखिएकाले नआत्तिन र सजगता अपनाउन सबैमा अपील पनि गर्नुभएको छ ।
उहाँले तीनपाटन गाउँपालिकामा भएको युवाको कार्यक्रममा प्रमुख तितिथी बनेर फर्केपछि दुधौली नगरपालिकामा स्वाव दिनुभएको थियो । तीनपाटनको कार्यक्रममा सँगै रहनुभएका संघीय सांसद गणेश पहाडीमा कोरोना संक्रमण पुष्टि भएपछि नेता अधिकारीले स्वाब दिनुभएको हो । आइतवार सिन्धुली स्थित पार्टी कार्यालयमा भएको बैठकमा सहभागीता जनाउनुभएको उहाँले आफ्ना सबै सहकर्मीहरुलाई पनि सचेत रहन भन्नुभएको छ ।
त्यसैगरी नेकपाकै प्रदेश कमिटी सदस्य एवम् नेकपा सिन्धुलीका लोकप्रिय नेता डम्बर कार्कीमा पनि कोरोना संक्रमण देखिएको छ । उहाँमा पनि कुनै लक्ष्यणहरु देखिएका छैनन् । त्यस्तै गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्की पनि संक्रमण पुष्टि भएको छ । अध्यक्ष कार्की विगत चार दिनदेख आफ्नै घरमा बसिरहनु भएको छ ।