सिन्धुलीको चियावारीकी पुष्पा आत्महत्या प्रकरण रहस्यमय बन्दै

काठमाडौं/सिन्धुलीको लाइन होटल क्षेत्रका रुपमा चिनिएको चियावारीमा गएको असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ पुष्पा भुजेलको घटना थप रहस्यमय बन्दै गएको छ ।
कमलामाई नगरपालिका वडा नंंं.२ चियाबारी निवासी भुजेलले घरमा झुण्डिएर आत्महत्या गरेपछि उनकै श्रीमानले माइतर्फका एक जना दाइलाई राती २ः३० बजे खबर गरेका थिए । उनको आत्महत्यानैं भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले आत्माहत्या नभई हत्यानैं भएको निश्कर्षसहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि आत्महत्या भनिएको घटनाले अर्को रुप लिएको हो ।
गएको असारको २७ गते चियाबारीका अमन भनेर चिनिने गोपी थापासँग भागेर प्रेम बिबाह गरेकी पुष्पाको मृत शबलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजनलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएपछि उक्त घट्ना आत्महत्या नभई हत्यानैं भएको माइती पक्षले दाबीगर्दै निश्पक्ष ढंगले अनुसन्धान गर्न माग गरेको छ । भागी बिहे गरेको ८२ दिन अर्थात असोज १६ गते बिहिबार राती उनको रहस्यमय मृत्य भएपछि सिन्धुलीमा आत्महत्या नभई हत्यानैं हो कि ? भन्ने कुराले सन्देह पैदा गराएको छ । सलको पासो लगाएर झुण्डिएको सल आगोले पोलिएको, मृतकको शरिरमा निल डाम देखिनु, मृत गर्भवती हुनु, तथा श्रीमानको ढाडमा कोतरिएका डामहरु देखिएपछि त्यसले घटनालाई थप जटिल मोडतिर धकेलिदिएको छ ।
पिडित पक्षले पोष्मार्टमको समयमा शव हेर्न खोज्दा पनि प्रहरी र केटा पक्षले हेर्न नदिएको र दाहासंस्कारको समयमा पनि अन्तीम पटक शव हेर्छौं भन्दा पनि अबरोध गरेको मृतकका दाजु पवन भुजेलले बताए । बहिनीको पेटमा बच्चारहेको गाउँलेले बच्चालाई पुर्नका लागि खाल्डो खनेको र पछि थप समस्या हुने आशंकामा हुनाले नचिरी केटा पक्षले घाटमा लगेर जलाएको पवनको भनाई थियो ।
हामी यो घटनालाई निश्पक्ष रुपमा बिना पूर्वाग्रह छानवीनगरी दोषीमाथि कारबाही गर्न माग गर्दछौं, पवनले भनेका छन् । उक्त घटनाको जाहेरी लिएर गएका पवनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामवहादुर खत्रीले पोष्टमार्टम रिपोर्ट नआई दर्ता गर्न अश्विकारगर्दै फर्काएका थिए । जवकी घटनाको मुचल्का गर्न गएका प्रहरी अधिकारीले पवनलाई तपाई तत्कालै लिखित जाहेरी दर्ता गराउनु होला भनेका थिए । जव उनी लिखित जाहेरी लेखाउनका लागि जिल्ला वार एशोशिएन सिन्धुलीमा पुगेर लेखाउँदै थिए, जिल्ला प्रहरी कार्यालयबाटै उनलाई तत्कालै जाहेरी नलेख्नुस् हैं, पोष्टमार्टम रिपोर्ट आउन दिनुस् भने ती प्रहरी अधिकारीले भनेको सम्वद्ध स्रोतले बताएको छ , जवकी जाहेरी लेख्ने व्यक्तिका मृत आफन्तजनसमेत थिए, त्यसैले पनि उनले जाहेरी लेखिदिए । जवकी जाहेरीमा समेटिएका मृतकका श्रीमान र एक महिलासहित ४ जनाको नाम राखिएकोमा प्रहरीले श्रीमान बाहेक अन्यको नाम काट्न लगाएपछि प्रहरीको अनुसन्धान प्रक्रियामा पनि शंका पैदा गराएको छ ।
नेकपाकी केन्द्रीय सदस्य एवम् महिला अधिकारकर्मी उमा कोइरालाले आत्महत्या भनिएको घटना संकास्पद रहेकाले प्रहरीले बिना दबाब निश्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन माग गर्नुभएको छ । घट्नाका लामो समय बितिसक्दा पनि सिन्धुलीका सञ्चार माध्यमले सो विषयमा समाचार नलेख्नुलाई भने महिला अधिकारकर्मीहरुले आश्चर्यका रुपमा लिएका छन् ।