अरुको समाचार लेख्ने सिन्धुलीका पत्रकार आफैं समाचार बनेपछि…

अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले समाचार लेख्दिन्छु भन्दै पैसा माग्छन् भनेर सार्वजनिक रुपमै आलोचित बनाईयो । पत्रकारिता क्षेत्रमा जो इमान्दार छन्, पेशाप्रति निरन्तर लागिरहेका छन् उनीहरु प्रति समाजले हेर्ने दृष्टिकोण राम्रो पनि रहेछ भन्ने कुरा त्यहीबाट देखियो । तर गलत प्रवृत्तिलाई बुझ्ने सबालमा आम पत्रकार र पत्रकारिता क्षेत्रकै बद्नाम हुने र अपमानित बन्नुपर्ने कार्य शोभनीय भने हुन सक्तैन ।


सिन्धुलीमा एकातिर पत्रकार आलोचित बनिरहेका बेला नेपाल पत्रकार संघ सिन्धुली (हालको महासंघ) का संस्थापक सदस्य सिन्धुली जिल्लामा पहिलो पत्रकार हुन् जसले पत्रकारिता पेशालाई कहिल्यै आर्जनको साधान बनाएनन् । बरु पत्रकारनैं नभएको सिन्धुली जिल्लामा पत्रकार बनेर निरन्तर लागिरहे । तीनै पत्रकार कृष्ण गौतम यतिबेला कृषि क्षेत्रलाई सहायक पेशा बनाउँदैछन् तर उनको सहायक पेशा सबैका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ । बामपन्थी पृष्ठभूमिका गौतम पेशा प्रतिको इमान्दारिताकै कारणले कृषि कर्म अर्थात माछा पालन व्यवसाय अहिले फस्टाएको छ । बिहान १० बजे सिन्धुली आउने र ४ बजे घर फर्केर माछा पालन व्यवसायलाई रेखदेख गर्ने गौतमले जस्तै अन्य पत्रकारले पनि बैकल्पिक पेशालाई अँगाल्ने हो भने कोही कसैले पनि औंला ठड्याउने र अपमानित बन्नुपर्ने छैन ।
पत्रकार गौतम पत्रकारितासंगै जिल्लामा जुनारको विकास र विस्तार गर्न खटिने एक पत्रकार पनि हुन् । व्यवसायिक रुपमा कृषि खेती गर्नु पर्दछ भन्दै महामारतको काखमा रहेका कृषकलाई व्यवसायिक जुनार खेती वारे ज्ञान दिदै उनको बर्षों विते र साथमा पत्रकारिता पनि ।
पत्रकारिताले मात्र आय–आर्जन नहुने भएपनि उनले बैकल्पिक पेशालाई निरन्तरता दिए । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका उपाध्यक्ष समेत बनेका गौतमको सिन्धुलीमा भएका परिवर्तनका आन्दोलनमा सक्रिय सहभागिता पनि छ । देशमा भएका व्यवस्था परिवर्तन, शुसासन र लोकतन्त्र स्थापना गर्नका निम्ति उनको उल्ल्ेखनिय योगदान रहेको छ । पत्रकारिताबाट मात्र बाँच्न सकिन्न, स्वच्छ र मर्यादिन पत्रकारिताले मात्रै समाज परिवर्तन गर्न सकिन्छ भन्ने बुझाईलाई आत्मसत गरेका उनले युवाहरुलाई कृषिमा लाग्न आग्रह गरिरहँदा उनको बर्षाै वित्यो । तर पनि युवालाई विदेश मोहले भने पटक्कै छाडेन । पत्रकार आलोचित बनिरहे भने गाउँका युवाहरु वेरोजगार बनिरहे । उनीहरुसंग सिप क्षमता भएपनि सदुपयोग गर्न र स्थानीय स्तरमा नै व्यवसायि तथा स्वरोजगार बन्न पटक्कै चासो देखाएनन् । उहाँले गाउँमा नै कृषि व्यवसया गरे यसमा भविष्य उज्वल छ भनेर त सबैले भने तर युवाले सुनेन् विदेशमोहकै ठुलो सपना देखे गौतमले भने ।
उनी भन्छन् ‘उमेरले युवामा भएको जस्तो जोस जाँगर यतिवेला छैन तर केही गर्नु पर्दछ भन्ने ती उर्जाशिल विचार र ज्ञान भर्ने छदैछ ।’ परम्परागत खेती प्रणलीबाट जीवन निर्वाह मात्र हुने हुँदा आधुनिक तरिकले खेती र व्यवसाय गर्नु पर्ने उहाँको बुझाई छ । व्यवसायिक रुपमा कृषिका जुन विधामा युवाले लगानी गर्ने आट गरेपनि सफल बन्ने उनको भनाई छ ।
उनी अगाडि भन्छन्ः ‘मैले गाउँमा आफुले धान उत्पादन गर्दै आएको १० कठ्ठा खेतमा तीन वटा पोखरी बनाएर व्यवसायि रुपमा माछा पालन गरेको छु ।’ माछा पालनबाट तत्कालै लाभ लिहालौ भन्ने उद्धेश्य त हुदै हैन, यहाँ पनि माछा पालन गर्न सकिदो रहेछ भन्ने ज्ञान युवालाई मिलोस् र घरमानैं बसेर व्यवसायिक बनुन् भन्ने उदेश्यले आफुले माछा पालन व्यवसाय गरेको हुँ ।
अहिले उनको तीन वटा पोखरीमा रहरलाग्दा माछा छन् । माछा उत्पादन राम्रो भएको, बजारीकरण पनि राम्रो भएकाले आफुलाई व्यवसायिक रुपमा माछा पालन गर्न उत्साह थपिएको उनको भनाई छ । आफुले व्यक्तिगत रुपमा गरेको लगानीलाई देखेर कमलामाई नगरपालीकाले प्रोत्साहन स्वरुप १ लाख ५० हजार रुपैंया पोखरी व्यवस्थापनका लागि दिएको उनको भनाई छ ।
विदेशमा गएर गर्ने दुःखले स्थानीय स्तरमा नै रोजार भइने रहेछ भन्ने अहिले युवामा ज्ञान पुगेमा उनी खुसी व्यक्त गर्छन् । सुरुमा कसैले पनि व्यवसायिक रुपमा माछा पालन नगरेको खारखोलामा अहिले धेरै व्यक्तिले माछा पाल्ने योजना बनाएकोमा आफुलाई खुसि लागेको उनले सुनाए । कसैले एकल तथा अरुले सामुहिक रुपमा माछा पालन गर्ने सोच बनाएको बताउँदा आफुले युवालाई गाउँमा नै बस्नका लागि बनाएको योजना प्रभावकारी भएकोमा उनी हर्षित देखिन्थे ।
‘सामाजिक रुपमा अगुवाई गरेर हिड्ने व्यक्तिले यसो गर्नु पर्दछ भनेर बर्षौ हिड्नु र उसले नै व्यवसाय गरेर देखाउनुमा ठुलो अन्तर भएको पाएँ’ उनले अगाडि भने । उनले माछा पालन व्यसाय संगै पोखरी भित्र गर्न सकिने बुहउद्धेशिय व्यवसाय समेत सुरु गर्नु भएको छ । पोखरीको छेउ तथा डिलमा केरा तथा भुई कटहर खेती समेत सुरु गर्नु भएको छ । बजारमा यी दुवैको राम्रो माघ रहेकले त्यतीकै बसेको जमिनमा समेत यस्ता नगदे वाली लगाउदा एउटै व्यवसायबाट भन्दा धेरै आम्दानी गर्न सकिने उनको भनाई छ । गाउँमानंै कृषि व्यवसाय गरेर आफ्नो घर परिवारसंग बसेर यसरि खुसि साट्न सक्ने युवा अहिले विदेशिएको देख्दा आफुलाई दुःख लाग्छ उनले अगाडि भने । तर आफुले गरेको व्यवसायबाट स्थानीय युवाहरु व्यवसायि बन्नेमा खुसि व्यक्त गर्दछन् ।

सिन्धुलीबाट प्रकाशित सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।