
नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १९, ताप्लेजुङका १, भोजपुरका १, मोरङका ९८, संखुवासभाका १, सुनसुरी ३८, धनुषा १, पर्सा १७, बाराका १०, महोत्तरीका ११, सप्तरीका ७, सर्लाहीका २, सिरहाका २, काठमाडौँका ६९७, काभ्रेका ९, चितवनका ६२, दोलखाका ३, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ९३, मकवानपुरका ३८, रामेछापका २, ललितपुरका ११२, सिन्धुपाल्चोकका ६, सिन्धुलीका ३ र कास्कीका १६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गोरखाका १५, तनहुँका ५, नवलपरासीपूर्वका ४५, पर्वतका १, म्याग्दीका १, लमजुङका २, बाग्लुङका २, स्याङ्जाका ३, कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका ६, प्यूठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७०, रोल्पाका २, कालिकोटका ४, जुम्लाका २, दैलेखका ५, सल्यानका १, सुर्खेतका ४१, हुम्लाका २, अछामका २, कञ्चनपुरका ६, कैलालीका २३, डेडेल्धुराका २, डोटीका ८ र बझाङका १ जनामा कोरोना पुष्टि भएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र सात पुरुष छन्।
सुनसरीका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, काठमाडौँका ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुष र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको सख्या ४९८पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।
मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।
हाल आईसीयुमा २०१ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।










