डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनहरुको किर्ते कागजात तयारगरी बन कटानको आदेश दिने गरेको भन्दै संसदको प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिले कारबाहीको शिफारिश गरेको छ । प्रदेशखबरलाई प्राप्त प्रतिवेदन अनुसार कार्यालय प्रमुख श्रेष्ठकै सहयोगमा सामुदायिक बन उपभोक्ता समितिहरुको किर्ते साधारणसभा खडा गर्ने, बन बिनास हुनेगरी बैज्ञानिक बनका कार्ययोजना बनाएर स्वीकृत गर्नुका साथै ठेकेदारहरुस्ँग मिलेर अबैध रुपमा रुख कटानको आदेश दिएर अन्तियारको दुरुपयोग गरेको र राष्टिय सम्पती हानी नोक्सानी गरेको बिबरणहरु समेटिएको छ ।
त्यसैगरी प्रतिवेदनले कार्यालय प्रमुख श्रेष्ठको नामै किटान गरेर वातावरण संरक्षण ऐन २०६७ को गंभीर उलंघनगर्दै उनले चुरे क्षेत्रमा आदेशभन्दा बढी सालका रुखहरु कटान गरेर भ्रष्टाचार गरेको र राष्टिय सम्पतीमा ठूलो हानी नोक्सानी पुर्याएकाले हदैसम्मको कारबाही गर्न भनिएको छ ।