लाम्पनटार,सिन्धुलीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका सचिव एवम् प्रदेशसभा सांसद प्रदीप कटुवालले संविधानको भावना मर्म अनुसार सरकार अगाडि बढिरहेको बताउनु भएको छ । तीनपाटन गाउँपालिका कार्यालयद्धारा आयोजित संविधान दिवश कार्यक्रममा सांसद कुटुवालले सो कुरा बताउनु भएको हो । उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट मुलुक लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको र नयाँ संविधान प्राप्त गरेको उल्लेख गर्नुभयो । पाँच वर्षसम्म नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने र पार्टी पनि
नफुट्ने प्रष्ट पार्दै पार्टी सचिव कटुवालले भन्नुभयोः नेकपाको सरकारले जनआन्दोलन र सहिदले देखाएको बाटोबाट अलिकतीपनि बिचलित नहुने, संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने दाबी गर्नुभयो । प्रमुख अतिथीका रुपमा उपस्थित हुनुभएका नेता कटुवालले तिनपाटन गाउ पालिकाले प्रकाशन गरेको आर्थिक वर्ष २०७७ ।०७८ को नीति तथा कार्यक्रम र योजना समावेश भएको पुस्तक लोकार्पण गर्नुभयो ।
तीनपाटन गापा अध्यक्ष कर्णवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पदममायाँ तामांग, प्रमुख प्रशासकीय अधिृत विष्णुप्रसाद सुवेदी, गाउँपालिका प्रवक्ता दिनेश रमौली लगायत वडा सदस्य तथा नेकपाका स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो ।