असहाय एवम् अभिभावक बिहिन वालवालिकाको पालन पोषणका लागि जम्मा भएको रकम नेपाल वाल संगठनका अध्यक्षसमेत रहेका माणिक ढकालले सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनलाई सहयोगार्थ भन्दै ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको कार्यकक्षमा उहाँलाईनैं साक्षी राखेर अध्यक्ष ढकालले रेडक्रस सोसाइटीका सभापति एवम् आइसोलेसन निर्माण समितिका अध्यक्षलाई हस्तान्तरण गरेको विषयलाई लिएर सिन्धुलीका सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । उनीहरुले रेडक्रस सभापति श्रेष्ठकै सक्रियतामा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने र मालपोत कार्यालयमा जग्गा पास गर्ने क्रममा १० २० रुपैयाँ जम्मा गरेर राखेको रकमव आफैंले लिएर विवेक प्रयोग गर्न नसकेको पनि उल्लेख गरेका छन् । उनीहरुले बालबालिकाका नाममा जम्मा भएको रकम फिर्ता गर्न पनि श्रेष्ठलाई सुझाएका छन् ।
हेरौं कस्ले के भनेः
सामाजिक अभियन्ता सागर ढकाल सामाजिक सञ्जालमा लेख्नुहुन्छः असहाय र अनाथ वालवालालिकाको नाममा जम्मा भएको रकम रित्याएर निर्माणाधिन आइसोलेसन सेन्टरलाई सहयोग गरेछ । त्यो रकम कति सजिलै अर्को कामका लागि दिएको होला । निर्माण कमिटी अध्यक्ष स्वयमंनैं रेडक्रस सभापति हुनुहुँदा यो रकम बाल मन्दिरलाईनैं आवश्यक छ । अहिले भावावेशमा आएर यस्तो थोपा थोपा गरेर जम्मा भएको रकम सहयोगको नाममा हामीलाई नदिनु भनेर त्यो बादबालिकाको नामको रकम फर्काउनु कति राम्रो हुन्थ्यो होला ।
उहाँको पोष्ट पढेपछि कमल अधिकारी लेख्नुहुन्छः अहिले बागमती प्रदेश कै ज्वाजल्यमान योजना नै यहि आइसोलेसन छ सबै काम फास्टट्यार्क बाट गर्न मिल्छ अनि सबै ले जसको कुम्लो बोक्न र आर्काको सम्पत्ति मा दानवीर हुनपरेनर । उल्फाको धन फुपुको श्राद्ध । । विचार नं १ का लागि । बाँकी त जो सम्वृद्द्ध सर्वआहार र समाजवादी दल र नेताहरु जो छन् हाम्रा देशाँ जे गर्छन् सात पुस्तालाई पुग्नेगरी गर्छन् । त्यसमा हामी प्रजा ढुक्कहुनुपर्छ । नत्र त सरकारी पार्टी कै जस्तो प्रतिपक्षी पार्टीले पनि निर्णयनै गर्न वेरछैन विरोध गर्नहुन्न ।

बिनोद न्यौपाने नामका सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्नुहुन्छः आफ्नो क्षमता नभएपछी अल्छिहरुले अरुको काममा तगरो हाल्छन यो धर्म हो । यस्तो महत्वपूर्ण कार्य गरेकोमा नेतृत्वदायी भुमिका गर्नुहुने सिन्धुली जिल्लाका नेकपका अध्यक्ष लेखनाथ दाहाल लगायतको सहयोगको भुमिका खेल्ने महानुभावमा सलाम ।
सामाजिक सञ्जालमा आफ्नो बिमती प्रकटगर्दै कानून ब्यबसायी जयकुमार सापकोटा लेख्नुहुन्छः नागरिकताको नक्कल लिँदा जग्गा पास गर्दा रु १० र २० का दरले जनताले बालबालिकाको लागि भनेर दिएका पैसा हो बालमन्दिरको । यस्तो रकम एकमुष्ट ३००००० तिनलाख अर्को तिर चन्दा दिनु अघि हजार पटक सोच्नु पर्थ्यो । आईसोलेशन भवन निर्माणको अध्यक्ष अशोक श्रेष्ठ रेडक्रसको केन्द्रीय सदस्य समेत हुँदा । यो रकम बालमन्दिरलाईनै सधन्यवाद सहित फिर्ता गर्दा एउटा छुट्टै महानता दर्शिने छ ।
पत्रकार दीपक श्रेष्ठ प्रश्न गर्नुहुन्छः बालवालिकालाई जम्मा भएका दान, पुनः दान गर्ने मानवचाँहि को पर्नुभएछ ?
साहित्यानुरागी निश्चल अगाडि लेख्नुहुन्छः असाध्यै नजिकैबाटै सल्युट गरें । यो अमूल्य र मलाइ नि लागेको कुरा गर्नुभयो सर । सहयोगका नाममा भकाभक हाल नथापौं, कहाँ, के, कस्ले र कसरी दिइरहेको छ बिबेक हुनेले विवेकको प्रयोग गरौं । हैट ।
सरोज ढकाल लेख्नुहुन्छः आइसोलेशनको लागि सबैले लाखौ लाख घ्वाप कि घ्वाप घोप्ट्याउन थालि हाले । आफ्नो दिउ त मैमरी जाउmँ, आफू पछाडि पो परिने होकि भन्ठाने होलान् दानविरहरुले । बरु यहि घोपट्याइ दिउ ँ । फोटो पनि आउँछ भनेर घप्ल्याक्कै पारी दिए भाइ । सामाजिक सेवामा भित्रैबाट लागेको भएको बालबालिका अनाथ भन्ने कुरा हुन्थ्यो आपको धनकी बापको धन छ्यान बिचार नै भएन ।











