सिन्धुलीको कमला नदीमा पप्पुले अलपत्र छोडेको पुल अझैं बनेन

दुधौली नगरपालिकाको कमला नदीमा निर्माण गर्न लागिएको पुलले गति लिन सकेको छैन । सुस्त गतिका कारण १० बर्ष देखी निर्माण गरिएको पुलको निर्माणकार्य हाल सम्म ५० प्रतिशत मात्रै सम्पन्न भएर अलपत्र अबस्थामा पुगेको छ ।
विगतमा निर्माणको जिम्मेवारी पाएको पप्पु कन्ट्रक्सनको लापरवाहीले गर्दा समयमानै पुल निर्माण हुन नसकेको हो । अहिले झन कोरोना (कोभिड–१९) को महामारिको कारण देखाउदै पप्पुको साझेदार रहेको लुम्बिनीले निर्माण कार्यको जिम्मा लिएको थियो ।
समयमानै पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दालाई सधै बर्षामा समस्या हुने गरेको छ । स्थानीय जनता र स्थानीय सरकारले बारम्बार ताकेता गर्दा पनि पुल निर्माणको गति भने उस्तै सुस्त रहेको छ ।
२०८६ सालबाट निर्माण सुरु गरिएको पुल निर्माणको जिम्मेवारी पप्पु कन्ट्रक्सनले पाएको थियो । तर पप्पुले पुल निर्माण कार्य सुरुमा दु्रत गतिमा गरेपनि पछि अलपत्र पारेर छोडिदियो । पप्पुले निर्माण कार्य नगरेको बर्षौ पछि स्थानीय सरकार दुधौली नगरपालिकाले बारम्बार ताकेता गरेपछि हाल उक्त पुल निर्माण सम्पन्नको जिम्मेवारी लुम्बिनि कन्सट्रक्सनले लिएको छ ।
पप्पु लुम्बिनी जेभिले ठेक्का लिएको उक्त पुलको निर्माणको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो । पप्पुले पुल निर्माण नगरी अलपत्र पारेपछि साझेदारीमा रहेको लुम्बिनी कन्ट्रक्सनले उक्त पुल सम्पन्न गर्ने जिम्मा लिएको हो ।
जनप्रतिनिधिहरुको अग्रसरता र दवावपछि जेभीमै काम गरेको लुम्बिनीले पप्पुलाई हटाएर काम गर्ने जिम्मा लिएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताउनुभयो । पुलको पिल्लरको काम चार बर्ष अघि नै सकिएको थियो बाँकी काम हुन नसकेपछि ठेकेदार कम्पनी फेर्नु परेको उहाँको भनाई छ । विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा आर्थिक बर्ष ०७२/०७३ मै निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हाल सम्म पनि पुल सम्पन्न हुन सकेको छैन । बल्ल आधामात्र काम भएको छ ।

सम्झौता भएको ८ बर्ष सम्म पनि पप्पुले पुल निर्माण नगरेपछि २०७६ साल बैशाख ५ गतेबाट पुल निर्माणको जिम्म लुम्विनिले पाएको थियो । बैशाखमा जिम्मा लिएको भएपनि कात्र्तिकबाट उस्ले निर्माण कार्य सुरु गरेको थियो । लुम्बिनिले २०७७ माघ सम्ममा उत्तः पुलको निर्माण कार्य सक्नु पर्नेछ ।
असर महिनामा नै पुल निर्माण कार्य सम्पन्न गर्ने गरि काम गरेका थियौ तर कोरोनाको महामारिले गर्न दिएन पुल निर्माण कार्यमा रहेका कम्पनिका ईन्जिनियर पुष्पेन्द्र यादवले बताउनुभयो । काम हामीले रोकेका छैनौ कोरोना महामारिका कारण निर्माण कार्यमा केही ढिला भएको छ तर माग महिना सम्ममा हामी निर्माण सम्पन्न गर्नेछौ ।
कोरोना महामारिका कारण कामदा सवै घर गएको र स्थानीय कामदार १०/१२ जना लगाएर काम जारी राखेका छौ उहाँले भन्नुभयो । हाल सम्म निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको भन्दै उहाँले सम्झौता अवधीमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाएको दावि गर्नुभयो । पप्पुले गरेका गल्ति समेत लुम्बिनिले जिम्मा लिनु परेको छ, केही महिना अगाडी मात्र पप्पु कन्ट्रक्सनले गरेको गल्तिका कारण लुम्विनी कन्ट्रक्सनले ४ करोड रुपैया जरिवाना तिरेको यादवले बताउनुभयो ।
यता पप्पुले बनाएका केही भौतिक संरचना भत्काएर काम गरेका छौ भने अरु बनाएर राखेका संरचना पनि काम लाग्ने अवस्थामा छैनन् उहाँले भन्नुभयो । पप्पु कन्ट्रक्सनले गरेको दुई वटा गडर(वाल) आफुहरुले भत्काएको उहाँले वताउनुभयो । १४ वटा स्पान रहेको पुलको हाल सम्म आठ वटाको स्लाप ढलान कार्य सकिएको छ । लुम्विनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएपछि हाल सम्म ५ स्पानको ढलान कार्य सम्पन्न भएको यादवले जानकारी दिनुभयो ।
कामदारको अभावमा निर्माण कार्य सूस्त देखिएको भन्दै, कामदार ल्याउने तयारी भै रहेको यादवको भनाई रहेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीसंग आवश्यक समन्वय गरेका छौ, कामदारहरुको पिसिआर संकलन गरिएको र रिपोर्ट आएपछि कामदा ल्याइने उहाँको भनाईछ ।
आफुहरुले कामदार ल्याउदा बर्दिया र रौतहटबाट ल्याउने र ६० जना कामदारको स्वव संकलन भएको र कोरोना संक्रमण उनीहरुमा देखिएन भने सिन्धुली ल्याउने आवश्यक तयारी गरेका छौ उहाँले भन्नुभयो ।
उक्त दुई वटा समुह ल्याई पुल निर्माण कार्य अगाडी बढ्छ र महिनामा एउटा ३० जनाको समुहले एउटा स्पान ढलान सम्पन्न गर्दा हामी प्रति महिना दुई वटा स्पान ढलान गर्न सक्दछौ उहाँले भन्नुभयो ।
पप्पुले यहाँ ७ वटा गडर छन् ति यहाँ काम लग्ने अवस्था छैन । उहाँले भन्नुभयो ‘उक्त गडर लैजना क्रेन चाहिन्छ, १२० टन उठाउने र लैजाने गाडी कहाँ पाइन्छ ? त्यो भन्दा बनाउन नै सजिलो छ ।’ नत्र उक्त गडर लैजादा पुल चाडै निर्माण सम्पन्न् हुनेथियो उहाँले बताउनुभयो ।