चिनियाँ अधिकारीहरूले हिरासतमा लिएका पाँच भारतीयहरूलाई चीनले भारतको जिम्मा लगाएको छ ।
भारतीय सेनाले शनिबार भारतीय नागरिकहरूलाई जिम्मा लगाइएको जनाएको हो ।
जिम्मा लगाइएका भारतीयहरूलाई कोभिड–१९ कार्यविधि अनुसार १४ दिनको कोरन्टाइनमा राखिनेछ । त्यसपछि तिनका परिवारलाई जिम्मा लगाइने सेनाका एक प्रवक्ता लेफ्टिनेन्ट कर्नल हर्षवद्र्धन पाण्डेले विज्ञप्ति जारी गरी जनाएका छन ।
शिकार गर्ने बेला पाँच भारतीय युवा विद्यमान सीमा पार गएको विज्ञप्तिमा जनाइएको छ ।
यो वर्ष अरूणाचल प्रदेशमा दुई यस्ता घटना भए ।
तर अर्कोतर्फ चिनियाँ अखबारहरूका अनुसार पाँच जना भारतीय गुप्तचरहरू रहेको र उनीहरू शिकारीको वेश बनाएर सीमा पार गरेकाले उनीहरूलाई अपहरण गरिएको उल्लेख गरिएको रोयटर्सले जनाएको छ ।
गत जुनमा दुबै सेनाको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएयता सीमामा सम्बन्ध बिग्रिदै गएको छ ।
गत मंगलबार अरूणाञ्चल प्रदेशका पाँच नागरिक हराइरहेको र त्यसलाई चिनियाँ जनमुक्ति सेनाले अपहरण गरेको भारत सरकारका एक मन्त्रीले जनाएका थिए ।
उनीहरूको अपहरणसँगै पश्चिमी सीमामा दुबै तर्फबाट फायरिङको घटना सार्वजनिक भयो ।
दशकौं यता पहिलो पटक दुबै तर्फबाट त्यस सीमामा फायरिङ भएको थियो ।
बिहीबार चिनियाँ विदेशमन्त्री वाङ उस् भारतीय विदेशमन्त्री एस जयशंकरबीच मस्कोमा सीमा विवाद नचर्काउन सहमति बनेको थियो

चिनले नियन्त्रणमा रहेका भारतीय सैनिकलाई रिहा गरेलगत्तै सिमावर्ती जिल्ला किन्नौरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एसपी एसआर राणाका अनुसार किन्नौर प्रहरीले चिनसँगको सिमा क्षेत्र डुबलिंगमा इनर लाइन परमिट चेक पोस्ट स्थापना गरेको छ । सुमरा, शलखर, नाको, लियो, हांगो, चूलिंग, मलिंग, टाशीगंग, खाब, डबलिंग, डुबलिंग और ठंगी समेतका गाउँमा बिना अनुमति बाहरी व्यक्ति, पर्यटकसमेतलाई प्रवेशमा रोक लगाएको अमरउजालाको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ ।











