भारत र चीन बिचको सिमा विवादले उग्ररुप धारण गर्दै जादा हिमान्चल,लद्दाखको गल्वान र लिपुलेख लगायतका उच्च हिमाली क्षेत्र घातक रणभूमिमा बदलिदै गर्दा नेपाली घरआगनमा संत्रासको कालो बादल मडारिएको छ।नेपाली बाबुआमाहरुको छातीमा सम्भावित दुस्वप्नले ऐठन पर्न थालेको छ ।
यसको सुरुवात त आर्थिक रुपमा जर्जर र पिछडिएको राणा शासनद्वारा सम्भाबित जनबिद्रोहको डरले (तत्कालिन सामन्ति राणा र शाही शासकहरुद्घारा)कौडीको भाउमा बेचिएका युद्घ कौसलमा कुसल बेरोजगार नेपाली युवाहरुको भर्ति केन्द्र बनेको भारतीय सेनाको गोर्खा रेजिमेण्ट फौज लाई अहिले पनि युद्घको अग्रमोर्चामा खटाईएको छ।

भारतीय शासकहरुले जानिबुझी चीन बिरोधी युद्घको अघिल्लो मोर्चामा नेपाली युवाहरुको बाहुल्यता रहेको गोर्खा रेजिमेण्ट तैनाथी गर्ने परम्पराले नेपाल र चीन बिचको सताब्दीयौ देखिको सुमधुर सम्बन्धमा तिक्तता पैदा गर्नुको साथै चीनिया सरकार र जनता संगको सम्बन्धमा समेत दरार पैदा गर्ने षडयन्त्र भएको छ।आत्मसम्मान र रोजगारीको अबसर नपाएर परम्परागत-भाडाको सेनाका रुपमा बेचिदै आएका नेपाली युवाहरुको दयनिय अबस्थाले नेपाल अहिले पनि साम्राज्यबादको औपनिवेसिक दासतामा जकडिएको प्रमाणित गर्दछ।
यस्तो अबस्था रहिरहेमा समृद्घी र समाजबादको नारा खोक्रो सावित हुन्छ।देशलाई समृद्घी र समाजवाद तर्फ अघि बढाउने हो भने नेपाल राष्ट्र र नेपालीजनताको निधारको कलंकको टिका बनेको भाडाको सिपाही बनाउने गोर्खा भर्ति केन्द्र खोल्न पाउने सन्धिलाई तत्काल खारेज गर्न नेपाल सरकार अग्रसर हुनु पर्दछ।कथित भाडाको सिपाही बन्न पाउने रोजगारीबाट बन्चित युवाहरुलाई आफ्नै देशको विकासको काममा कृषिको ब्यासायीकरण र औधोगिकरण मार्फत रोजगारीको ग्यारेण्टी गर्न,सिप र प्रविधीले सम्पन्न बनाउने तर्फ राष्ट्रिय स्वाधिनताको लागि लड्ने सरकारको पहिला ध्यानाकर्षण हुन जरुरी देखिन्छ।
-शान्तिमान कार्की











