
नेपाल प्रहरीका नायब उपरीक्षक-डीएसपी रुगम कुँवरलाई कोरोना संक्रमण भएको छ।
मंगलबार गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको डीएसपी कुँवरले फेसबुकमार्फत जानकारी दिएका छन्। कुँवर गत साता मात्र महानगरीय प्रहरी वृत कालिमाटी प्रमुखबाट सरुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका थिए।
कुँवरले आफुलाई ज्वरो आउने, सुख्खा खोकी, टाउको दुख्ने लक्षण देखा परेको उल्लेख गरेका छन्। पछिल्लो समय आफ्नो सम्पर्कमा आएकालाई सजगता अपनाउन उनले आग्रह गरेका छन्।











