नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेताले आज आत्मसर्मपण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर जिल्ला अध्यक्ष र उपाध्यक्षले आत्मासर्मपण गरेका हुन् ।
विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होमबहादुर सार्कीले आत्मासर्मपण गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । संगठनको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिक भएर जीवनयापन गर्ने भन्दै उनीहरुले सो संगठन परित्याग गरेका हुन् ।
जिल्ला अध्यक्ष कमलामाई नगरपालिका २ का २६ बर्षिय सविन श्रेष्ठ र उपाध्यक्ष तीनपाटन गाउँपालिका ५ का २३ बर्षिय होमबहादुर सार्कीले पार्टीको विचार र सिद्धान्त मन नपरेको तथा सरकारले प्रतिबन्ध लगाएपछि छोडेको प्रक्रिया दिएका छन् । आगामी दिनमा विप्लव समुहको सम्पर्कमा नरहने र यदि सम्पर्कमा रहेका संविधन र प्रचलीत कानुन बमोजिम कारबाही सहनु पर्ने भएकाले आजकै मितिदेखी सो संगठन छोडेको सविन श्रेष्ठ र होमबहादुर सार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।










