आइतबार ९८० जना कोरोना संक्रमित थपिए, १८ सय १४ घर फर्किए

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१  पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ।  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।